‘जर्सी’ को ट्रेलर सार्वजनिक

मुम्बई । बलिउड अभिनेता शाहिद कपुर अभिनीत चलचित्र ‘जर्सी’ को ट्रेलर सार्वजनिक भएको छ । आगामी डिसेम्बर ३१ बाट प्रदर्शनम आउने चलचित्रको ट्रेलर मंगलबार सार्वजनिक भएको हो । दक्षिण भारतीय चलचित्र ‘जर्सी’ को हिन्दी रिमेकमा एक जना पूर्वक्रिकेट खेलाडीको कथालाई समेटिएको छ ।

चलचित्रमा क्रिकेट छोडेका बाबुले आफ्ना ६ वर्षे छोरालाई जर्सी खरिद गर्नका लागि पुनः मैदानमा उत्रिएको कथालाई समेटेको छ । सन् २०१९ मा प्रदर्शनमा आएको तेलगु भाषाका निर्देशक गौतम तिन्ननुरी निर्देशित ‘जर्सी’ कै कथा शाहिद कपुरको जर्सीमा देखाइएको छ । चलचित्रलाई तेलगु भाषाकै निर्देशक तिन्ननुरीले निर्देशन गरेका छन् । करिब २ वर्षपछि पर्दामा आउन लागेका शाहिदसँगै चलचित्रको मुख्य भूमिकामा म्रुनल ठाकुर, पंकज कपुर लगायतको अभिनय छ ।

प्रतिक्रिया