कालिप्रसादको ‘सुन बाटुली’

काठमाडौं । गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटाको ‘सुन बाटुली’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा बाँस्कोटाकै शब्द तथा आवाज रहेको छ । अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको जोडीलाई फिचर गरिएको गीतमा बास्कोटाले लोक शब्द र आधुनिक संगीतलाई संयोजन गरेका छन् । सन्नी सुनमले संगीत भरेको उक्त गीतमा जोश्वा भोलानको मिक्सिङ रहेको छ । मंगलबार सार्वजनिक गीतको भिडियोको कोरियोग्राफ प्रदीप लामाले गरेका छन् ।

‘डान्सिङ नम्बर’ को रुपमा गाइएको गीतको भिडियो निर्देशन निश्चलले नै गरेका छन् । ‘ब्लाकहर्स पिक्चर्स प्रालिको युट्युबमार्फत सार्वजनिक भएको भिडियोलाई पवन सुस्लिङले खिचेका छन् । मनोज श्रेष्ठको भिएफएक्स रहेको भिडियोको सम्पादन धिरज खड्काले गरेका छन् भने रंग संयोजन राजेन्द्र मोक्तानको रहेको छ ।

प्रतिक्रिया