रंग‍-विविध

कार्कीद्वारा अक्षयकोष स्थापना

सौर्य अनलाइन २०७८ मंसिर १० गते ८:४२ मा प्रकाशित

पाल्पा । साहित्यकार नीलम कार्की ‘निहारिका’ ले पाल्पाको भवानी माध्यमिक विद्यालय कुसुमखोलामा दुई लाख बराबरको अक्षयकोष स्थापना गरेकी छन् । कार्कीले पद्मश्री पुरस्कारबाट पाएको दुई लाख रकमबाट विद्यालयमा कोष स्थापना गरेकी हुन् । अक्षयकोषको ब्याज रकमबाट हरेक वर्ष माध्यामिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार दिइने गरी उनले सासुआमाको स्मृतिमा ‘मानकुमारी स्मृति अक्षयकोष’ को स्थापना गरेकी हुन् । विद्यालयमा अक्षयकोष स्थापना गरी रकम सहयोग गरिदिएकामा प्रधानाध्यापक रुद्रप्रसाद आचार्यले धन्यवाद दिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय