‘सीजी मेरिडिया’ प्रिमियम फ्रिज बजारमा

काठमाडौं । सीजी ब्रान्डअन्तर्गत सीजीले आफ्नो ‘सीजी मेरिडिया’ प्रिमियम फ्रिज बजारमा ल्याएको छ । सीजी मेरिडिया फ्रिजर ‘सइक्लोपेनटेन’ तथा ‘डिजिटल इनभर्टर कम्प्रेसर’जस्ता उत्कृष्ट प्रविधिबाट तयार परिएको सीजी ब्रान्डको लक्जरी उत्पादनमा पर्छ ।

प्रविधि र नवीनतमा विशेष चासो राख्ने सीजी ब्रान्डको उन्नत प्रविधिबाट सुसजित उत्पादन नेपाली बजारलाई उपलब्ध गराउने मूल अभिप्राय रहेको कम्पनीले जनाएको छ । बजारमा आएको यस ‘सीजी मेरिडिया’ फ्रिज अत्यधिक उत्कृष्ट प्रविधिबाट बनाइएको फ्रिज हो । यस फ्रिजको मुख्य आकर्षण ‘डिजिटल इनभर्टर कम्प्रेसर’ प्रविधि हो, जसमा भेरिएबल स्पिड कम्प्रेसरको मद्दतले बिजुलीको बचत गर्नका साथै इनर्जी इफिसेन्ट पनि छ । साथसाथै ‘डिजिटल इनभर्टर कम्प्रेसर’ले खानेकुरालाई कम समयमै चिसो बनाउने र फ्रिजलाई शान्त रूपले चल्न पनि मद्दत पुर्याउँदछ ।

त्यसैगरी, मेरिडिया फ्रिज, साइक्लोपेनटेनजस्ता सुविधा जसले लोडसेडिङको अवस्थामा पनि खानालाई लामो समयसम्म ताजा राख्छ र कम समयमै खानालाई अत्यधिक ताजगी प्रदान गराउने थप प्रविधिहरूबाट निर्मित गरिएको उत्पादन हो । कम्पनीले फ्रिजको खरिदमा १० वर्षको कम्प्रेसर वारेन्टीसमेत उपलब्ध गराएको छ । सीजी ब्रान्डले आउने दिनहरूमा ‘सीजी मेरिडिया’ नामअन्तर्गत आफ्ना अरू पनि थुप्रै उत्पादनहरू बजार ल्याउने कुरा पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया