बढ्दो आयातले अर्थतन्त्र प्रभावित

काठमाडौं । बढ्दो आयतको आयातको कारण अर्थतन्त्र प्रभावित भएको छ । दैनिक ५ अर्ब ४१ करोड बढीको वस्तु आयात हुँदा नेपालले भने ६८ करोड रुपैयाको मात्रै निर्यात गरेको तथ्याकंले देखाएपछि यस्ले अर्थतनत्र प्रभावित भएको देखिएको हो । चालु आर्थिक बर्षको पछिल्लो ४ महिनामा नेपालले ५ खर्ब ६८ अर्ब बढिको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले प्रकाशित गरेको तथ्यांक अनुसार यो घाटा गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ५६ प्रतिशत बढी हो ।

नेपालले सो अवधिमा विभिन्न देशबाट ६ खर्ब ५० अर्ब २९ करोड १३ लाख रुपैयाँ बराबरको आयात गर्दा ८२ अर्ब १२ करोड ४२ लाख रुपैयाँ बराबरको मात्र निर्यात गरेको हो । यस अवधिमा नेपालको आयात निर्यातको अनुपात ७ दशमलव ९२ प्रतिशत छ यो गत आवको सोही अवधिको तुलनामा २० दशमलव ९१ प्रतिशतले कम हो। तथ्यांक अनुसार कात्तिकसम्म सबैभन्दा बढी ३४ अर्ब ३३ करोड रुपैयाँको वस्तु आयात गरेको छ । नेपालमा १८ अर्ब ७५ करोड रुपैयाँको कच्चा भटमास तेल, १८ अर्ब ६६ करोड रुपैयाँको पेट्रोल, १७ अर्ब ६६ करोड रुपैयाँको अर्धतयार फलाम तथा स्टिलका उत्पादन र १७ अर्ब ४३ करोड रुपैयाँको एलपी ग्यास आयात भएको छ ।

नेपालले सबैभन्दा धेरै भारतबाट तीन खर्ब ८६ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ । त्यसपछि चीनबाट ९४ करोड ३० लाख, इन्डोनेसियाबाट २३ अर्ब २६ करोड, अर्जेन्टिनाबाट १९ अर्ब ९१ करोड र संयुक्त अरब इमिरेट्सबाट १८ अर्ब ३८ करोड रुपैयाँको वस्तु आयात भएको तथ्यांकमा उल्लेख छ । गत कात्तिकमा नेपालले ४० अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो । यसबीचमा नेपालले सबैभन्दा धेरै २६ अर्ब ४० करोड रुपैयाँको भटमास तेलको निर्यात गरेको छ। त्यसपछि सात अर्ब १९ अर्ब रुपैयाँको प्रशोधित पाम तेल, तीन अर्बको गलैँचा, दुई अर्ब ३१ करोड रुपैयाँको ऊनीका उत्पादन निर्यात भएको छ ।

यस्तो अवस्थामा घटिरहेको विदेशी विनिमय संचिति बढाउन स्रोतहरुमा विशेष ध्यान दिनु पर्ने देखिएको छ । रेमिट्यान्स, विदेशी सहायता, प्रत्यक्ष वैदेशिक लगानी तथा निर्यात व्यापारलाई प्राथमिकतामा दिएर यी स्रोतहरुमा सहजता ल्याएसँगै विदेशी विनिमय संचिति पनि सकारात्मक दिशा तर्फ उन्मुख हुन सक्ने बिज्ञहरुले बताएका छन । नेपालले पछिल्लो समय धेरै वस्तुहरुको आयातमा परिमाणात्मक बन्देज लगाउँदै आएको छ । यसरी परिमाणात्मक बन्देज लगाएको कारण वैदेशिक लगानीकर्ताहरुलाई नकारात्मक सन्देश दिएर निरुत्साहित गर्ने काम गरेको हुन सक्ने पनि आकलन गरिएको छ ।

प्रतिक्रिया