खोजखबर

बैतडीको पञ्चेश्वर गाउँपालिकामा आज र भोलि सार्वजनिक बिदा

सौर्य अनलाइन २०७८ मंसिर ९ गते १०:१६ मा प्रकाशित

बैतडी । पञ्चेश्वर गाउँपालिकामा मेलाको लागि भनेर दुई दिन सार्वजनिक बिदा दिइएको छ । गाउँपालिकाले आज र भोलि (शुक्रबार) सार्वजनिक बिदा दिएको हो ।

गाउँपालिकाले सूचना प्रकाशन जारी गर्दै गाउँपालिका क्षेत्रमा दुई दिन स्थानीय धुरा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ । स्थानीय बिदाबाट कट्टी हुने गरेर धुरा मेलाको लागि आज र भोलि बिदा दिइएको बताइएको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुवन बागका अनुसार दुई दिन गाउँपालिका क्षेत्राधिकारभित्र रहेका सम्पूर्ण सङ्घसंस्था, वित्तिय संस्था, विद्यालय, वडा कार्यालय बन्द रहने छ ।

यसअघि मङ्सिर पहिलो साता जात्राकै लागि भने जिल्लाको दशरथचन्द नगरपालिकाले एकदिन र मेलौली नगरपालिकाले दुई दिन बिदा दिएको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय