१४ अर्बको भदैया धान उत्पादन

कलैया । बाराका किसानले ०७८/७९ मा खेती गरेको भदैया धान प्रतिहेक्टर ४ दशमलव ६ मेट्रिकटनका दरले उत्पादन हुनुपर्नेमा बेमौसमी वर्षाका कारणले प्रतिहेक्टर ४ दशमलव ३ मेट्रिक टनले उत्पादन भएको छ । किसानले चालु आर्थिक वर्ष ०७८/७९ मा विभिन्न जातको भदैया धान ११ हजार ९ सय १ हेक्टर क्षेत्रफलमा खेतीगरी प्रतिहेक्टर ४ दशमलव ३ मेट्रिकटनले कुल ५१ हजार १ सय ९१ मेट्रिकटन धान उत्पादन भएको ज्ञान केन्द्रका प्राविधिक गेनालाल मण्डलले बताए ।

साथै बेमौसमी वर्षाको कारण प्रतिहेक्टर दशमलव तीन मेट्रिक टनले ३ हजार ५ सय ७१ दशमलव पाँच मेट्रिकटन धान उत्पादनमा क्षति भएको उनले जानकारी दिए । यसवर्ष मोटो धान प्रतिक्विन्टल २ हजार ७ सय रुपैयाँ सम्बन्धित निकायले दर भाउ कायम गरेको छ । गतवर्ष ०७७÷७८ मा किसानले विभिन्न जातको भदैया धान ११ हजार ९ सय ३१ हेक्टर क्षेत्रफलमा खेतीगरी प्रतिहेक्टर ४ दशमलव ६ मेट्रिक टनले कुल ५४ हजार ८ हजार ८२ दशमलव ६ मेट्रिकटन धान उत्पादन भएको थियो ।

प्रतिक्रिया