राखेपका पूर्व उपाध्यक्ष शेर्पाको निधन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । विशालनगरस्थित ओरिगन केयर होममा ५० वर्षे शेर्पाको आज (बुधबार) बिहान निधन भएको हो । नशा सम्बन्धी रोगले थला परेका उनले यसअघि अमेरिका, भारत र चीनमा पुगेर उपचार गराएका थिए । शेर्पा नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल खेलकुद महासंघका पूर्व महासचिव, नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष समेत थिए ।

प्रतिक्रिया