‘सिक्किम फेस्टिभल’ मा नेपाली चलचित्र

काठमाडौं । भारतको सिक्किम सरकारले आयोजना गर्न लागेको ‘सिक्किम ग्लोबल फिल्म फेस्टिभल’ मा नेपाली कलाकारको सहभागिता हुने भएको छ । १० डिसेम्बरदेखि १४ सम्म अर्थात् (मंसिर २४ देखि २८ गते) सम्म गान्तोकमा हुने महोत्सवमा बलिउडसँगै नेपालका कलाकारको पनि सहभागिता रहने जनाइएको छ । कोरोना कहरका कारण थला परेको चलचित्रक्षेत्र र पर्यटनलाई लक्षित गरी महोत्सव गर्न लागिएको सिक्किम फिल्म प्रमोसन बोर्डले जनाएको छ ।

बोर्र्डले थालिएको चलचित्र पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सिकिक्मको राजधानी गान्तोकमा ‘सिक्किम ग्लोबल फिल्म फेस्टिभल’ को आयोजना गर्न लागेको हो । महोत्सवमा नेपाली अभिनेता भुवन केसी, दयाहाङ राई, अनमोल केसी, अभिनेत्री नम्रता श्रेष्ठ, अदिति बुढाथोकी, विनय श्रेष्ठ, शिवानी गुप्ता लगायतका कलाकारको सहभागी हुने बोर्डले सार्वजनिक गरेको पोस्टमा उल्लेख छ ।

यसैगरी, सार्वजनिक उक्त पोस्टर बलिउडबाट अभिनेत्री मलाइका अरोरा, अभिनेता अरिजीत दत्ता, निर्देशक अनन्त महादेवन, संजय पुरन सिंह, प्रियदर्शन, अभिनव कश्यप, लगायत सहभागी हुने उल्लेख छ । महोत्सवमा सिक्किममा छायांकन गरिएका नेपाली चलचित्र ‘साइनो’, ‘जार’, ‘कथा’ लगायतका समेत प्रदर्शन हुने जनाइएको छ । केही दिनअघि अभिनेता भुवन केसी सिक्किम पुगेर फर्किएका छन् । सिक्किम सरकारले सिक्किममा छायांकन हुने चलचित्रलाई भारु एक करोड रुपैयाँ दिने भनेपछि उनी यसैको सोही सिलसिलामा सिक्किम पुगेका थिए । अभिनेता भुवनले सामाजिक सञ्जालमार्फत सिक्किमका तस्बिरसमेत सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया