पार्टी कार्यालयबाट उमेदवारी घोषणा गर्न नपाएपछि रिपोर्टस क्लबमा पुगे भीम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी कार्यालय थापाथलीबाट उमेदवारी घोषणा गर्न नपाएको बताएका छन् । उनले आइतबार रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

‘थापाथलीमा रहेको हाम्रो कार्यालयबाट उमेदवारी घोषणा गर्न चाहेको थिएँ । त्यो आधिकारिक केन्द्रीय कार्यालय हो । महाधिवेशनमा उमेदवारी दिने कुरा त्यहीँबाट राम्रो हुने थियो,’ उनले भने, ‘तर मैले महासचिवबाट के थाहा पाएँ भने महाधिवेशनको व्यस्तताको कारणले त्यहाँ भएका सबै कक्ष खाली छैनन् ।’

प्रतिक्रिया