प्युठान । मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी (नेकपा) ले गरेको नेपाल बन्दको प्रभाव कारण प्युठानमा यातायात र बजार पूर्णरुपमा ठप्प भएको छ । मंगलबार प्युठानबाट चल्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन् । कोभिड महामारीको कारण लामो समय बन्द भई सञ्चालनमा आएका शैक्षिक संस्थाहरु उद्योग ब्यापार साथै घरेलु तथा साना उद्योग, बजार पसलहरु फाट्टफुट्ट खुलेपनी मुख्य बजार क्षेत्रमामा भने पुर्ण रुपमा बन्द रहेका छन् ।
देशमा हुने महँगी कालोबजारी र सबै किसिमको मुल्यवृद्धि तत्काल फिर्ता हुनुपर्ने, बजार नियन्त्रण गरी महङ्गी बढाउने विचौलियाहरुलाई कारवाही गरी मूल्य निर्धारण गर्नुपर्ने लगायतका विभिन्न मागराखेर आन्दोलनका कार्यक्रम तय गर्दै विप्लप नेकपाले नेपाल बन्दको आव्हान गरेको जनाएको छ । बन्दको कारण जिल्लाभित्र अत्यावश्यक सवारी साधन बाहेक सार्वजनिक सवारी साधनहरू ठप्प जस्तै भएका छन् । सार्वजनिक गाडीहरू नचल्दा काम विशेषले आज बिहानै गन्तव्यमा आउजाउको लागि हिडेका यात्रुहरुले सास्ती पाएका छन् । त्यस्तै, बजार क्षेत्रका पसलहरु प्राय ठप्पै छन् ।
जिल्लाको मुख्य बजार क्षेत्रहरु खलंगा बिजुवार,बाग्दुला,जुम्रीबजार, चकचके, मरन्ठाना भिग्री, मच्छी, बरौला बाङ्गैशाल लगायतका भित्री तथा बाहिरी सडक तथा स्थानमा कुनै दुर्घटना हुन नदिन भन्दै सुरक्षाकर्मीहरूको चोकचोकमा बाक्लो उपस्थिती रहेको जिल्ला प्रहरी कार्यालयका प्युठानका प्रहरी निरिक्षक प्रकाश खत्रीले जानकारी दिए । यतिबेला सम्म जिल्लामा बन्दको क्रममा कुनै अप्रिय घटना नभएको प्रहरी निरिक्षक खत्रीले बताए ।
प्रतिक्रिया