तीन देशका राजदूत रारामा

मुगु । जलवायु परिवर्तनको अवस्था र त्यसले पारेको असर तथा परिवर्तन न्युनिकरणको लागि भएका प्रयासबारे बुझ्न तीन देशका राजदूत रारा पुगेका छन् ।

जिल्लाको चारै स्थानीय तहमा जलवायु परिवर्तनको अवस्था तथा यसको न्युनिकरणमा भएका प्रयासको अवस्थाबारे बुझ्न अमेरिकी राजदूत रेण्ड बेरी, अष्ट्रिलेयन राजदूत फेलिसिट भोल्क र बेलायती राजदूत निकोला पोलिग रारा पुगेका हुन् ।

हाल जलवायु परिवर्तनको न्युनिकरणमा खेलेका भूमिकाबारे तथा जलवायु परिवर्तनले पारेको असरबारे बुझ्न तीनै देशका राजदूत रारा पुगेको युएसए आइडीका भुपेन्द्र शाहीले जानकारी दिए ।

अमेरिकी राजदूत रेण्ड बेरी र अष्ट्रिलेयन राजदूत फेलिसिट भोल्क आइतबार र बेलायती राजदूत निकोला पोलिग सोमबार रारा पुगेका हुन् । जलवायु परिवर्तनले पारेको असर तथा यसको न्युनिकरणका लागि गरिएका प्रयासबारे सरोकारवाला निकाय तथा समुदायमसँग अन्त्रक्रियामा सहभागी हुने तीनै राजदूत तीन रात रारा बिताउने भएका छन् ।

उनीहरु राराको अवलोकनका क्रममा मुर्माटप, मुर्मा गाउँको भ्रमण र त्यहाँका स्थानीयसँग भेटघाट र जलवायु परिवर्तनको अवस्था बुझ्ने युएस आइडीले जनाएको छ ।

जलवायु परिवर्तनको न्युनिकरणका लागि युएसए आइडीको सहयोगमा जिल्लाको कार्मारोङ गाउँपालिकाबाहेक तीन स्थानीय तहमा पानी, भकारी र कर्णाली जलपरियोजना लागू भएका छन् भने बेलायती सरकारको आर्थिक सहयोगमा डिफिडले संचालन गरेको जलवायु अनुकूल कार्यक्रम (लापां) मुगुम कार्मारोङ गाउँपालिकामा सञ्चालनमा आएका छन् ।

प्रतिक्रिया