सेतोपट्टी बाँधेर प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसाेसिएसनले धर्ना गरिरहेको वेला एउटा समूहले हातमा सेतोपट्टी बाँधेर प्रदर्शन गरेको छ । बारले राखेको राजीनामाको मागमा असहमति जनाउँदै उक्त समूहले प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन गरेको हो ।

संवैधानिक प्रक्रियाविपरीत बलजफ्ती प्रधानन्यायाधीशको राजीनामा माग र सर्वोच्चका न्यायाधीशहरूको इजलास बहिष्कारप्रति उनीहरूले असहमति राखेका हुन्। बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरिरहँदा अर्को समूहले सेतो पट्टी बाँधेर प्रदर्शन गरेको हो ।

बारका सबै मागप्रति सहमत नभएका केही कानुन व्यवसायीहरूले भने हातमा कालो र सेतो दुवैपट्टी बाँधेर प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया