संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडाैं । सरकारले संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । एक मन्त्रीका अनुसार आज बसेको मन्त्रिपरिषद्को बैठकले शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । चालू संसद् अधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सभामुख एमाले फुटाउन सहभागी भएको भन्दै लगातार नाराबाजी गर्दै अवरुद्ध पार्दै आएको छ । तर, सरकारले एमालेको अवरोधकै बीच कतिपय विधेयक संसदमा टेबल गरेको थियो ।

प्रतिक्रिया