‘सत्यमेव जयते २’ को ट्रेलर

मुम्बई । बलिउडका चलचित्र निर्माता चलचित्रको प्रदर्शन मिति तय गरेसँगै प्रचार प्रसारमा जुटेका छन् । अभिनेता जोन अब्राहमको प्रमुख भूमिका रहेको ‘सत्यमेव जयते २’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्देशक मिलाप झावेरीले निर्देशन गरेको यो चलचित्रमा अभिनेता जोन ट्रिपल भूमिकामा देखिएका छन् ।

यो चलचित्रमा उनको नाम सत्या, जय र दादा साहव आजाद छ । भारतलाई भ्रष्टचार मुक्त गर्ने सपना बोकेका आफ्ना पिताको योजना पूरा गर्न लागिपरेका दाजुभाइको कथामा यो चलचित्र बनेको छ । चलचित्रमा जोनलाई एक्सन अवतारमा देख्न सकिन्छ । निर्देशक मिलापले आफूले योजना मात्र गरेर हुने भए जोनलाई हरेक भूमिकामा काम गराउने सोच रहेको बताएका छन् । चलचित्रका केही फ्रेममा जोन ट्रिपल रुपमा एकसाथ देखिएका छन् । चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै यसले सामाजिक सञ्जालमा निकै चर्चा बटुलिरहेको छ ।

प्रतिक्रिया