आज थपिए ६६६ जना संक्रमति, ६२२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा आज कोरोना भाइरसको ६६६ जनामा संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकमा १२ हजार २० मा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमण पाइएको हो ।

आज थपिएसँगै देशभर सक्रिय संक्रमित १० हजार २९६ रहेका छन् । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला चार र २०० भन्दा बढी संक्रमित भएका जिल्ला १० रहेका छन् ।

पाँच सयभन्दा बढी संक्रमण हुने जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । संक्रमण दर १८.५ प्रतिशत रहेको छ । संक्रमित शून्य रहेको जिल्ला मुगु मात्र रहेको छ ।

पछिल्लो २४ घण्टामा ६२२ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८८ हजार ६३० रहेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको छ ।

यसैगरी आज कोरोना संक्रमणबाट ११ जनाको निधन भएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार ३७२ को निधन भएको छ । अहिलेसम्म ८६ लाख ३२ हजार २९३ पहिलो मात्रा र ६७ लाख ९ हजार ९०५ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

प्रतिक्रिया