कांग्रेस महाधिवेशन मंसिरमा असम्भव

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र निर्वाचन समितिको छलफल सकिएको छ । संयुक्त छलफलमा मंसिरमा गर्ने भनिएको महाधिवेशन तत्कालका लागि सम्भव नभएको निष्कर्ष छलफलले निकालेको छ । छलफलमा सहभागी कांग्रेस उपसभापति विमलेन्द्र निधिका अनुसार अब छठ अघि १३ जिल्लाको वडा अधिवेशन सम्भव छैन ।

त्यसले मंसिरमा गर्ने भनिएको महाधिवेशनको मिति सर्ने सम्भावना बढी देखिएको छ । कांग्रेस नेता रामचन्द्र पौडेलले पनि निर्वाचनको मिति र कार्यतालिका सार्नुपर्ने भए केन्द्रीय समितिको बैठक बोलाएर सार्नुपर्ने बताए ।

‘केन्द्रीय समितिले कार्यतालिका ल्याइसकेको छ । त्यसलाई ध्यानमा राखेर सकेसम्म छिटो चुनाव गराउने जिम्मा मिलाउनुहोस् भनेर भन्यौँ,’ उनले भने, ‘कार्यतालिका हेरफेर गर्नुपरेमा कार्यसमिति नै बोलाउनुपर्छ ।’

प्रतिक्रिया