खेल-खेलाडी

उपमेयर कप महिला फुटबलमा गोदावरीको जीत

सौर्य अनलाइन २०७८ कार्तिक ८ गते १३:५० मा प्रकाशित

काठमाडौं । गोदावरी नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा महालक्ष्मी नगरपालिकालाई ५–३ गोल अन्तरले पराजित गर्दै गोदावरीले पहिलो जित दर्ता गराएको हो ।

गोदावरीको जीतमा दावा डोल्मा लामा र एस्थर तामाङले दुई–दुई गोल गरिन् भने यान्जोम रोकायाको नाममा एक गोल रह्यो । महालक्ष्मीकी कप्तान सरु राईले दुई र पूजा लामाले एक गोल गरिन् । जीतसँगै गोदावरीले तीन खेलमा तीन अङ्क जोड्यो । महालक्ष्मीको यो लगातार तेस्रो हार हो ।

समूह ए मा रहेका दुवै टोली बाहिरिसकेका छन् । प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले विभिन्न १० समूहमा विभाजन गरेको थियो । प्रतियोगिताको विजेता र उपविजेता टोली राष्ट्रिय लिगमा छनोट हुनेछन् । प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पाउनेछन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय