‘कबड्डी–४’ को टिम मुस्ताङमा

काठमाडौं । चलचित्र कबड्डी–४ को छायांकन सुरु भएको छ । यो चलचित्रको छायांकनका लागि चलचित्र युनिट मुस्ताङ पुगेको हो । दसैँ मानेर सुटिङमा निस्किएको फिलिम युनिट अहिले मुस्ताङको जोमसोममा छ । यो चलचित्र कबड्डीको सिरिज हो । कबड्डी–४ बाट यो सिरिजको अन्त्य गर्ने निर्माण टिमले बताउँदै आएको छ । कबड्डी यसअघिका सबै सिरिज औसत रूपमा सफल भएका चलचित्र हुन् ।

कबड्डीको अन्तिम शृंखलामा आएर अभिनेता सौगात मल्ल जोडिएका छन् । दोस्रो भागमा काम गरेका सौगात तेस्रो सिरिजमा आउट भएका थिए । सौगातसँगै चौथो सिरिजमा मिरुना मगर र भ्लगर गौमाया गुरुङ पनि थपिएका छन् । उनीहरूसँगै कलाकार दयाहाङ राई चलचित्रको शीर्ष भूमिकामा देखिने छन् । चलचित्रको पहिलो सिरिज झण्डै ६ वर्षअघि प्रदर्शन भएको थियो । चलचित्र रामबाबु गुरुङले निर्देशन गर्दै आएका छन् ।

प्रतिक्रिया