ग्लोबल आईएमई बैंकको तीन नयाँ शाखा

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले ३ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले इलामको पञ्चमी बजार, पाल्पाको सरदेवा र मोरङको नयाँबजारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । यी तीन शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २ सय ६० पुगेको छ ।

बैंकले इलामको देउमाई नगरपालिका –७, पञ्चमी बजार, पाल्पा जिल्लाको रैनादेवी छहरा गाँउपालिका–२, सरदेवा र मोरङ जिल्लाको कटहरी गाँउपालिका–४, नयाँबजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । पञ्चमी बजारमा खोलिएको सेवाको लागि उमाकान्त खनाल, सरदेवामा खोलिएको सेवाको लागि विमला टन्डन र नयाँबजारमा खोलिएको सेवाको लागि दीपेन्द्रकुमार सर्दारलाई प्रतिनिधि नियुक्त गरिएको छ ।

शाखारहित बैंकिग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, रेमिट्यान्स सेवा लिनेको महसुल भुक्तानी गर्ने, डिस होम, टेलिकम एन्सेलको मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि बैंकले ती स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गर्ने गरेको छ ।

‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २६ लाखभन्दा बढी ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ जिल्लामा २ सय ८० शाखा, २ सय ५० एटीएम, २ सय ६० शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८ सयभन्दा बढी सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया