खोजखबर

सुर्खेतको सामुदायिक वनमा बम विस्फोट, दुई जना घाइते

सौर्य अनलाइन २०७८ कार्तिक ६ गते १४:४६ मा प्रकाशित

तस्विर : सुदिपराज पुरीको फेसबुकबाट

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–७, कटकुवा सामुदायिक वनमा बम विस्फोट भएको छ । शनिवार बिहान झण्डै ११ बजे भएको बम विस्फोटमा परेर दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा दैलेख गुराँस गाउँपालिका–६ की २१ वर्षीया लीला नेपाली र उनका भाइ १४ वर्षीय नरेश परियार रहेको सुर्खेत प्रहरीले जनाएको छ । उनीहरू घाँस काट्न गएको बताइएको छ ।

घाइतेहरूको उपचार स्थानीय देउती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बम कसले राख्यो, कसरी विस्फोट भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय