पकहामैनपुर गाँउपालिकाको भवनको शिलान्यास

पर्सा । पकहामैनपुर गाउँपालिकाको नयाँ भवनको शिलान्यास गरिएको छ । गाउँपालिकाको नयाँ भवनको शिलान्यास सांसद हरिनारायण रौनियारले गरेका हुन् । सो क्रममा सांसद रौनियारले पचास वर्षमा नभएको विकास संघीयता आएको चारवर्ष मै भएको बताए । उनले भने, ‘पहिला सदरमुकामबाट आवतजावत गर्दा समस्या रहेको थियो, अहिले चार वर्ष यता बाटोघाटो, स्वास्थ्य , शिक्षा, कृषि लगायत भौतिक पुर्वाधार बिकासको काममा विकास निर्माण देखिएको छ ।’

गाउँपालिका अध्यक्ष बिजय चौरसियाले गाउँ–गाउँ, टोल–टोलमा सडक, नाला, बिद्युत जडान, वाईफाई, कृषि, शिक्षा, स्वास्थ्य, र सिचाँई लगायतको काम भएको बताए । खेत–खेतमा बिद्युत पोल गाडेर किसानहरु लाई सय रुपैयाँ को खर्चमा सिचाई ब्यवस्थापन गरिने उनले बताए । उनले भने, ‘यहि आर्थिक वर्षमा पकहा मैनपुर गाउँपालिकाबाट बस सञ्चालन गरि २५ रुपैयाँ मै बिरगन्जसम्म पुर्याउने उदेश्य छ।’ चार वर्षमा ७० प्रतिशत विकास निर्माणको काम सम्पन्न भएको गापा अध्यक्ष चौरसियाले दाबी गरे । गाउँपालिका भवन ७५ लाखको लागतमा निर्माण हुन लागेको पकहामैनपुर गापा अध्यक्ष चौरसियाले जनाए । उपभोक्ता समितिको माध्यमबाट भवन निर्माण हुन लागेको अध्यक्ष चौरसियाले बताए ।

कार्यक्रममा प्रदेश सांसद मंजुर आलम, बिन्दबासनी गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु, सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष प्रदिप जयसवाल, जसपा नेपालका प्रदेश सदस्य गौरिशंकर साह दादा,जसपा का क्षेत्रिय अध्यक्ष नागेन्द्र यादव, लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया