‘च च हुई’ को भिडियो सार्वजनिक

काठमाडौं । बुटवलमा रहेको ब्याण्ड ‘अमेध्यं’ ले दसैं र तिहारलाई लक्षित गर्दै ‘च च हुई’ बोलको गीतको भिडियो सार्वजनिक गरेको छ । लोकरक संगीत पृष्ठभूमि भएको ब्याण्डले पहिलो एल्बमको पहिलो गीत सार्वजनिक गरेको हो । भिडियोमा समुदायबाट हराउँदै गएको लिंगेपिङ संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ । गीतमा सुजल रानाको स्वर तथा ओमशंकर श्रेष्ठको शब्द रहेको छ । सार्वजनिक भिडियोमा सुजल राना, विजय विश्वकर्मा, भिबास थापा मगर, सिओन जिओन, विकास रेग्मी, आनन्द खड्का, विमा थापा मगर, अञ्जिला क्षेत्री, ममता पुन मगर, थानी राना मगर, सब्रिना क्षेत्री, सुशान्त पाण्डे, मधुकला कुँवर, वर्षा पन्थी, दीपक पन्थी, रमा केसी, ममता केसी, रामु रावल, चित्रबहादुर झेडी, किशोर सारु, तिलवीर खाम्चा र मन्दकुमारी खाम्चाको अभिनय छ ।

त्यस्तै, भिडियोमा बालकलाकार अमृत राना, अमन खाम्चा, स्मृति खाम्चा, रश्मी खाम्चा, सुप्रिया राना, गीता राना, सबिन राना, हिमाल खाम्चा, अनुष्का राना, मौसम राना लगायतको समेत अभिनय छ । भिडियोमा आनन्द खड्का र बिमा थापा मगरको कोरियोग्राफी छ । अशोक थापा र शिशिर श्रेष्ठको कन्सेप्ट र कथा रहेको भिडियोमा आकाश धिमालको छायांकन र सम्पादन तथा आकाश धिमाल र रमेश रिजालको निर्देशन छ । ब्याण्डका संस्थापक अशोक थापाले ब्याण्डले १९७४ एडी, अलबर्टोस, मंगोलियन हार्ट, मन्त्र, सबिन राई, द एज ब्याण्ड लगायतसँग स्टेज सहकार्य गरिसकेको बताए । यो ब्याण्ड २०१६ सालमा स्थापना भएको हो । थापाले भने, ‘यो गीतमार्फत हामीले दर्शकलाई दसैं र तिहारको समयमा परम्परादेखि चल्दै आएको लिंगेपिङ संस्कृतिलाई जोगाइरहनुपर्ने सन्देश दिएका छौं ।’

प्रतिक्रिया