‘चुरिफुरी’ ९ पुसमा

दाङ । ऋषिराज आचार्यले निर्देशन गरेको चलचित्र ‘चुरिफुरी’ को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र ९ पुसबाट प्रदर्शनमा आउने तयारीमा रहेको निर्देशक आचार्यले जानकारी दिए । कोरोना कहरपछि पछिल्लो समय नेपाली चलचित्रका निर्माताले धमाधम प्रदर्शन मिति तय गर्न थालेका छन् ।

यसैबीच, चलचित्र पत्रकार संघ, दाङले आयोजना गरेको कार्यक्रममा निर्देशक आचार्यले कोरोनाका कारण दिक्क भएका दर्शकलाई यस चलचित्रले फ्रेस बनाउने जिकिर गरे । उनले भने, ‘कोरोनाका कारण थिलोथिलो भएको चलचित्र क्षेत्रलाई अगाडि बढाउन सबै जना मिलेर अगाडि बढ्नुको विकल्प छैन ।’

यस चलचित्रमा रवीन्द्र झा, सुबोध गौतम, शिशिर भण्डारी, पवन खतिवडा, राजिब जङ्ग बस्नेत, अभिषेक श्रेष्ठ, पुजा पन्त, सोना बज्राचार्य लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ । चलचित्रमा दीपक शर्माको संगीत तथा राहुले राईको छायांकन रहेको छ । नवीन निरौलाले सम्पादन गरेको यस चलचित्रमा निर्देशक आचार्य र रिना ढकाल निर्माता रहेका छन् । यो चलचित्रमा विमला भुसाल, राजेन्द्र खाती, शिव थापा सह–निर्माताको रुपमा छन् ।

प्रतिक्रिया