टि२० विश्वकपमा वेस्टइन्डिजलाई ठूलो झड्का

लण्डन । आइसिसी टि२० विश्वकप २०२१ मा उपाधिको दाबेदार तथा साविक विजेता वेस्टइन्डिजलाई ठूलो झड्का लागेको छ । वेस्टइन्डिजका स्टार स्पिन अलराउन्डर फबिएन एलेन चोटका कारण टि२० विश्वकप गुमाउने भएका छन् । एलेन बाहिरिदा टोली रणनीतिमा ठूलो असर पुग्नसक्छ ।

एंकलमा चोटका कारण एलेनले टि२० विश्वकप गुमाउने भएका हुन् । उनको स्थानमा वैकल्पिक खेलाडी स्पिनर अकिल हुसैनले मौका पाएका छन् । एलेन टि२० आई वरियतामा १६ र अलराउन्डरमा १७ औं वरियतामा छन् । एलेनले १७ ओडिआई र २८ टि२० आई खेलेका छन् । टि२० आईमा २ सय ५० रन बनाउनुको साथैं २० विकेट लिएका छन् ।

एलेन तल्लोक्रममा विष्फोटक ब्याटिङ गर्ने गर्दछन् । एलेन वेस्टइन्डिजका एक उत्कृष्ट फिल्डिर हुन् । उनी टोलीमा हुँदा ब्याटिङमा गहिराई छ । उनको स्थानमा आएका अकिल हुसैनले ९ ओडिआई र ६ टि२० आई खेल खेलेका छन् । अकिल फिल्डिङ पनि राम्रो गर्ने गर्दछन् । साविक विजेता वेस्टइन्डिज सुपर १२ को समूह ए मा छ ।वेस्टइन्डिज, इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् । आक्रामक ब्याटिङको बाहुल्यता भएको वेस्टइन्डिजलाई उपाधिको दाबेदारको रुपमा समेत हेरिएको छ । वेस्टइन्डिजले शनिबार इंग्ल्यान्डसँग खेल्दै विश्वकपमा सुरुवात गर्नेछ । वेस्टइन्डिजले २०१२ र २०१६ को टि२० विश्वकप उपाधि जितेको थियो ।

प्रतिक्रिया