भारतको उत्तराखण्डमा पनि वर्षा र बाढी, १६ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको उत्तराखण्डमा पनि वर्षा र बाढीको प्रकोप बढेको छ । सो बाढीमा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ ।

उता भारतको दक्षिणी राज्य केरलामा हालै आएको बाढीबाट दर्जनौँ व्यक्तिको ज्यान गएको बताइएको थियो । योसँगै यता उत्तराखण्डमा पनि अविरल वर्षा र बाढी आएको बताइएको छ ।

यहाँका अधिकारीहरुले मंगलबारसम्म उत्तराखण्डका विभिन्न स्थानमा परेको अविरल वर्षा र त्यसपछिको बाढीले कम्तीमा पनि १६ जनाको ज्यान गएको बताएका छन् ।

यहाँका मौसमसम्बन्धी विज्ञहरुले उत्तराखण्डमा वर्षा जारी रहेको बताएका छन् । साथै उनीहरुले सतर्क रहन पनि सबैलाई सचेत गराएका छन् ।

प्रतिक्रिया