रंग‍-विविध

राजेश पायल र पासाङले ल्याए (भिडियो)

सौर्य अनलाइन २०७८ कार्तिक २ गते १३:५५ मा प्रकाशित

काठमाडौं । गायिका पासाङ ल्हामु शेर्पाको डेब्यु म्युजिक ‘टारी खेत’ डिजिटल बजारमा सार्वजनिक भएको छ । शिक्षण पेशा संगै गायनमा सक्रिय गायिका शेर्पाले लोकप्रिय गायक राजेश पायल राईसंगको सहकार्यमा उक्त म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।

शान्तिराम राईको शब्द, संगीत रहेको यस गीतलाई आगा लामाले संगीत संयोजन गरेका हुन् । पुष्प खड्का र एलिशा राई बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण म्युजिक भिडियोमा सुरेश कोहली,आरोही चापागाई,प्रताब मगर,कुसुम केसीको समेत अभिनय रहेको छ ।

भिडियोमा शम्भु चालिसेको छायाँकन र राजेश कुमारको सम्पादन रहेको छ। शिव बिकको निर्देशनमा भिडियो तयार पारिएको हो। ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।

 

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय