खोजखबर

नदीले बगाएर एक युवक बेपत्ता

सौर्य अनलाइन २०७८ कार्तिक १ गते १८:०१ मा प्रकाशित

कैलाली । नदीले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

जिल्लाको खुटिया नदीमा आएको बाढीले बगाउँदा गोदावरी नगरपालिका–८ का ३० वर्षीय गणेश आउजी आज बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

खुटीया पुलदेखि एक किलोमिटर उत्तरतर्फ खोलामा ढुङ्गा निकाल्ने क्रममा नदिले बगाउँदा बेपत्ता भएको प्रनाउ विष्टले बताए । बेपत्ता आउजीको खोजीका लागि अहिले गोताखोरसहितको टोली घटनास्थलमा गएको बताइएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय