खोजखबर

सिन्धुपाल्चोकमा ४.७ म्याग्निच्युडको भूकम्प

सौर्य अनलाइन २०७८ कार्तिक १ गते १४:१५ मा प्रकाशित

काठमाडौं । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो । भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन । यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय