एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई भित्र्याउन नेकपा (एस)ले वातावरण बनाउने

काठमाडौं । नेकपा (एमाले)बाट विभाजित भइ बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीले एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आफ्नो पार्टीमा भित्र्याउन पहल गर्ने भएको छ। त्यसका लागि उपयुक्त वातावरण सिर्जना गर्ने निर्णयसमेत उसले गरेको छ । एकीकृत समाजवादीले सबै कमिटीहरुमा पठाएको अन्तरपार्टी निर्देशन (अपानि)-२ मा यसबारे विस्तृतमा उल्लेख गरिएको छ।

निर्वाचन आयोगले प्रदेश सभा र स्थानीय तहमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई एमालेमा रहने वा समाजवादीमा प्रवेश गर्ने निर्णय गर्न समयावधि तोकेको थियो । त्यो समयावधिभित्र आफ्नो पार्टीका पक्षमा सनाखत गर्न नसकेका जनप्रतिनिधिहरुलाई लक्षित गरेर एकीकृत समाजवादीले पहल अघि बढाउने निर्णय गरेको हो ।

अपानि

 

प्रतिक्रिया