हिमालय उर्जा विकास कम्पनीले बोलायो साधारण सभा

काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले कार्तिक २४ गते दुई आर्थिक वर्षको वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले २०औं र २१औं वार्षिक साधारण सभा एकैपटक गर्न लागेको हो । सभामा आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ । सभा सिद्धार्थ कटेज रेष्टुरेन्ट एन्ड बार तिनकुने काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ । यस्तै, आर्थिक वर्ष २०७६–७७, २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि पनि छलफल हुनेछ ।

प्रतिक्रिया