थप १४७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७७३ नमुनामध्ये १ हजार ४४६ पीसीआर परीक्षण गर्दा १३६ जना र ३२७ एन्टिजेन परीक्षण गर्दा ११ गरी १४७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ८४५ जना निको भएका छन् । अहिले सक्रिय संक्रमित १२ हजार ५९८ जना छन् ।

प्रतिक्रिया