काभ्रे कोशीपारीबाट दोलालघाट तर्फ आउदै गरेको माईक्रो दुर्घटना

काभ्रे । जिल्लाको भुम्लु गाउँपालिका ८ बरबोट स्थित दोलालघाटमा कोशीपारी भित्री सडक खण्डमा कोशीपारीबाट दोलालघाट तर्फ आउदै गरेको बा १ ज ८९७६ नम्बरको माईक्रो बस दुर्घटना परेको छ । सो दुर्घटनामा परेको माईक्रो बसमा सवार १७/१८ जना मध्ये १ पुरुष, १ महिला र २ जना बच्चा गम्भिर घाईते भएका छन् । घाईतेहरुको धुलिखेल अस्पतालमा उपचार भईरहेको बताइएको छ । माईक्रो आज विहान सवा ११ बजे ब्रेक फेल भई सडकबाट अन्दाजी १५० मिटर तल खसेर खोल्सामा रहेको सालको रुखमा अड्कीएको छ ।

प्रतिक्रिया