मुगु बस दुर्घटनामा ज्यान गुमाउने मध्ये २९ जनाको सनाखत (नामसहित)

मुगु ।  मुगुको छायानाथ रारा नगरपालिका वडा नं ७ मा भएको बस दुर्घटनामा ज्यान गुमाएकामध्ये २९ जनाको सनाखत भएको छ । दुर्घटनामा ३२ जनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार हालसम्म २९ जना मृतकको मात्र सनाखत (नाम ठेगाना पहिचान) हुन सकेको हो । ज्यान गुमाउनेमा अधिकांश मुगुको छायाँनाथ रारा नगरपालिकाका रहेका छन् । जसमा उक्त नगरपालिका वडा नं. ७ की १९ वर्षीया लग्न सेजुवाल, उनका २ वर्षका छोरासहित सोही ठाउँकी २१ वर्षीया अमृता शाही राणा, ५ वर्षीय आयुष राणा, २२ वर्षीय महेन्द्र शाही र २० वर्षीया मनदेवी बम रहेका छन् । यसैगरी छायानाथ रारा नगरपालिका वडा नं. १० की १८ वर्षीया पूजा बुढा, २० वर्षीया सरिता खड्का, १८ वर्षीय अमर साउद र २२ वर्षीय सुनबहादुर विक तथा वडा नं. ८ की ३३ वर्षीया प्यारी विक (कामी) सोही वडाका ३५ वर्षीय दानबहादुर रावल र २२ वर्षीय सन्तोष विकालुको पनि उक्त दुर्घटनामा मृत्यु भएको छ ।

यसैगरी छायाँनाथ रारा नगरपालिका वडा नम्बर १४ का २२ वर्षीय कर्णसिंह बुढा, १९ वर्षीय शिव बुढा र २० वर्षीय रुपसिंह कार्की, वडा नं. १ की २३ वर्षीया चन्द्रा मल्ल, वडा नं. ६ की १९ वर्षीया राममाया धामी, वडा नं. ११ का २२ वर्षीय प्रकाश बुढा, वडा नं. ५ का २९ वर्षीय अजय कार्की र ३२ वर्षीया कमला बीसी तथा वडा नं. १२ का २२ वर्षीय छाता साउदको पनि उक्त दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उता मुगुकै मुगुको सोरु गाउँपालिका वडा नं. ३ का २५ वर्षीय मनरुप कुमाल र बाँकेका एक २२ वर्षीय युवक प्रदीप स्वर्णकारको पनि सो दुर्घटनामा परी ज्यान गएको बताइएको छ ।  नेपालगन्ज कोहलपुरमा ल्याएपछि मृत्यु हुनेमा चन्द्रप्रकाश भाम, आदित्य विकास शाह, टोपबहादुर विष्ट, आइतसिंह धामी रहेका छन । अन्य मृतक ३ जनामध्ये २ प्रुष र एक महिलाको सनाखत हुन बाँकी छ ।

नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गर्दा मंगलबार भे १ ख ३१६७ नम्बरको बस मुगुको छायानाथ रारा नगरपालिका वडा नं ७ मा सडकबाट खसेको थियो । करिब ४५ यात्रु सवार रहेको बस भिरालो र कच्ची बाटोका कारण २ सय मिटर तल खसेको जनाइएको छ ।

 

 

घाइतेको विवरण

 

 

प्रतिक्रिया