अध्यक्ष नेपाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि फ्रान्सेली राजदूत गिलिस बोरबावबीच मंगलबार साँझ भेटवार्ता भएको छ । कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । उक्त भेटमा दसैँको शुभकामना आदानप्रदान गरिएको थियो ।

भेटका अवसरमा अध्यक्ष नेपालले नवनियुक्त राजदूतलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएका थिए । जवाफमा फ्रान्सेली राजदूतले नेपाल आउन पाउॅदा खुसी लागेको बताउॅदै आफ्नो कार्यकालमा नेपाल र फ्रान्स बीचको सम्बन्धलाई थप बलियो र सुमधुर बनाउन प्रयत्न गर्ने कुरा बताए । भेटका अवसरमा नेपाल–फ्रान्स सम्बन्ध, सहयोग र सहकार्यको इतिहास, वर्तमान र भविष्यका संभावनाका विषयमा कुराकानी भएको थियो ।

प्रतिक्रिया