‘यो माया कस्तो माया’ को शिर्ष गीत सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘यो माया कस्तो माया’ गीत सार्वजनिक भएको छ । प्रदर्शनको तयारीमा रहेको ‘यो माया कस्तो माया’ गीतको भिडियो ओएसआर डिजिटल च्यानलबाट बुधबार सार्वजनिक भएको हो । समसामयिक प्रेमकथामा आधारित यस चलचित्रमा दिवश धिताल, सभ्याता गिरि लगायताका कलाकारहरुको अभिनय रहेको छ ।

निकट भविष्यमै प्रदर्शनमा आउने बताइएको ‘योमाया कस्तो माया’ मा तुलशा शर्मा, सुरेश लामाको स्वर रहेको छ भने अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, दिब्य सुवेदीको छायांकन, किशन पोखरेलको निर्देशन रहेको छ । चलचित्रका निर्माताहरुमा इन्द्र रजक, संबृधि श्रेष्ठ, बिशाल गुरुङ, कमल चन्द्र पोखरेल, करण थापा, बाबु गौतम रहेका छन् ।

प्रतिक्रिया