सर्लाही आउँदै कृषि मन्त्री यादव

सर्लाही । संघीय सरकारका नवनियुक्त माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादव बुधबार गृह जिल्ला सर्लाही आउने भएका छन् । असोज २२ गते शुक्रबार भएको मन्त्री परिषद् बिस्तारमा सर्लाही निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य एवं जसपाका कार्यकारिणी सदस्य मा। महेन्द्र राय यादव कृषि तथा पशुपन्छी विकास मन्त्रीमा नियुक्त भएका थिए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक उनी गृह जिल्ला सर्लाही आउन लागेका हुन् । मन्त्री यादव बुधबार बिहान ११ बजे पुर्व पश्चिम राजमार्ग स्थित नवलपुरमा आइपुग्ने कार्यक्रम रहेको छ । सोही अनुसार पार्टीका नेता तथा कार्यकर्ताहरु मन्त्री यादवलाई स्वागत तथा लिनका लागि धुमधामका साथ नवलपुर जाने कार्यक्रम रहेको पार्टीले जनाएको छ । मन्त्री यादवले जिल्ला तहका पार्टीका नेता तथा कार्यकर्ता एवं क्षेत्रका जनताहरु संग प्रत्यक्ष भेटघाट गर्नुका साथै विजया दशमी, शुभ दिपावली एवं छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान लगायतका कार्यक्रम समेत रहेको छ ।

प्रतिक्रिया