नेप्से २३ अंकले घट्यो

काठमाडौं । दशै बिदा हुन अघि नेप्से परिसुचक २३ दशमलब १९ अंकले घटेर २ हजार ६ सय ३९ दशमलब ३८ अंकमा झरेको छ । नेप्सेमा आएको गिरावट संगै सेयर कारोबार रकममा पनि ठुलो गिरावट आएको कारण ३ अर्ब ६३ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । ५ दिनका लागि बजार बन्द हुनुअघि बजारमा कारोबार कम्पनी र रकम दुबै घटनुमा दशैको प्रभाव संगै दसैंअघिको बजार बढेर बन्द हुन्छ भन्ने अनुमान विपरित बजार अघि बढेको देखिन्छ । तरलता अभाव, ब्याज दर बृद्धिजस्ता कुराले बजार ओरालो लाग्ने क्रम जारी छ । सोमबार २ हजार ६ सय ६९ अंकसम्म पुगेको बजार बीचमा २ हजार ६ सय १६ अंकसम्म आएको थिया े। पछि केही सुधार भएर २ हजार ६ सय ३९ अंकमा बन्द भएको हो ।

दिनभरीमा कूल १ सय ८६ वटा कम्पनीका ९३ लाख १४ हजार ७ सय ८० कित्ता सेयर ४४ हजार ४ सय ६२ पटक खरिद–बिक्री भएका थिए । कारोबार भएका मध्ये ३३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४२ वटाको नकारात्मक बनेको थियो भने ११ कम्पनीको मूल्य यथावत् रहेको छ । बैंकिङ १६ अंक ओर्लिएको छ भने निर्जीवन बीमा कम्पनी ७९ अंकले तल आएको छ । विकास बैंक, फाइनान्स, लघुवित्त, जीवन बीमा, जलविद्युत सबै सूचक तल ओरालो लागेका छन । तर सानिमा लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरे प्रतिकित्ता ७ दशमलब ८८ प्रतिशतका दरले कमाएका छन । यता महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ८ दशमलब ७६ प्रतिशतका दरले गुमाएका छन । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ५ दशमलब ५६ अंकले घटेर ४ सय ९४ दशमलब २२ विन्दुमा ओर्लिएको छ ।

प्रतिक्रिया