सिटिजन्स बैंक र लस्कर फूड्सबीच छुट सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पक्नाजोल, काठमाण्डौं स्थित लस्कर फूड्स एण्डडेलिभरि सर्बिसेस प्रालीबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापश्चात सिटिजन्स बैंकका मोबाइल बैकिङ ग्राहक एबं कर्मचारीहरुले लस्कर फूड्स एण्ड डेलिभरि सर्बिसेस प्रालीको विभिन्न सेवाहरुमा विषेश छुट पाउँने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

हालसम्म बैंककोडेबिट कार्ड नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निःशुल्क मोबाइल बैकिङ्गमार्फत डेबिट कार्ड को लागी आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । मोबाइल बैकिङ्गमार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ ।

प्रतिक्रिया