‘राधा पियारी’ बनिन गरिमा शर्मा (भिडियो )

काठमाडौं । संगीतकार तथा गायक वसन्त सापकोटा र चर्चित गायिका मेलिना राईको युगल गायनमा समावेश गीत ‘राधा पियारी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा शब्द अमेरिकाको ओहायो निवासी गीतकार गोपाल लोहारको रहेको छ । वसन्त सापकोटाले संगीतवद्द गरेको गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र गरिमा शर्मालाई विभिन्न जातजातिको भेषभुषामा रमाइलो तरिकाले प्रस्तुत गरिएको छ। सन्तोष राजबहाकले कोरियोग्राफी गरेको भिडियोमा उत्सव दहालको छायांकन रहेको छ । भिडियोलाई विकाश दहालले सम्पादन गरेका हुन् । काजी लिम्बु र श्याम लामाको सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो। भीमा लोहार प्रस्तुतकर्ता रहेको यस भिडियोलाई गोलो प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

 

प्रतिक्रिया