गीत ‘परदेशीको दशैँ तिहार’ सार्वजनिक

काठमाडौं । ‘परदेशीको दशैँ तिहार’ बोलको गीतको भिडियो बजारमा आएको छ । नजिकै आइसकेको हिन्दुहरुको महान पर्व बडा दशैँ र तिहारलाई लक्षित गरी उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गायक सञ्जय डिम्पल र गायिका शान्ति श्री परियारको गीतमा आवाज रहेको छ भने गायक डिम्पलले नै शब्द सिर्जना र संगीत भरेका हुन् । कृष्ण केसीको संगीत संयोजन रहेको छ । त्यस्तै उक्त गीतको भिडियोमा शिवन पोखरेलको निर्देशन रहेको छ भने हरिश महराले छायांकन गरेका हुन् ।

गीतको भिडियोमा गायिका तथा सञ्चारकर्मीसमेत रहेकी शोभा त्रिपाठी, गायक सञ्जय डिम्पल, झरना रिसाल, नवराज तिवारी लगायतको अभिनय रहेको छ ।

हिम्मत चैसिरले सम्पादन गरेको उक्त भिडियो बाराही लाईभ दोहोरीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको शब्दमा परदेशमा रहेर दशैँमा गाउँघरमा फर्किन नपाएका नेपालीहरुको बेदना समावेश गरिएको गायक सञ्जय डिम्पलले बताए ।

प्रतिक्रिया