प्याब्सन काठमाडौंको अध्यक्षमा ज्ञानबहादुर श्रेष्ठ

काठमाडौं । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काठमाडौँ महानगरपालिकाको अध्यक्षमा ज्ञानबहादुर श्रेष्ठ निर्वाचित भएका छन । शनिबार राति सम्पन्न प्याब्सन काठमाडौं महानगरपालिकाको दोस्रो अधिवेशनले दुई वर्षका लागि श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा गगन ऐर, उपाध्यक्षमा राजन आचार्य र देवु फुँयाल, सचिवमा रबिन बस्नेत, सहसचिवमा निलिमा बिंडारी ‘पन्त’, कोषाध्यक्षमा राजेन्द्र थपलिया र सहकोषाध्यक्षमा निर्मल पौडेल निर्वाचित भएका छन ।

यस्तै सदस्यमा बाबुराम गौतम, तेजप्रकाश श्रेष्ठ, देवी डोटेल, ईश्वर पुडासैनी, उमा श्रेष्ठ र रामप्रसाद खतिवडा चयन भएको छन । निर्वाचित अध्यक्ष श्रेष्ठले सञ्चारकर्मीसँग कुरा गर्दै निजी विद्यालय सञ्चालनका क्रममा देखिएको समस्या समाधानका लागि काठमाडौं प्याब्सनले काम गर्ने बताउनुभयो । काठमाडौं महानगरपालिकाभित्रका ३५० विद्यालय प्याब्सनमा आबद्ध छन् । प्याब्सन काठमाडौँ महानगरपालिकाको पहिलो अधिवेशन विसं २०७५ मंसिरमा सम्पन्न भएको थियो ।– रासस

प्रतिक्रिया