थपिए ८३४ संक्रमित, एक हजार २७९ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा आज देशभर ८३४ जना कोरोना संक्रमिथ थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी ८३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा आज संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने १ हजार २७९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज थपिएकासँगै देशभर कोरोना संक्रमितको कुल संख्या ७ लाख ९१ हजार ३९२ पुगेको छ । त्यस्तै देशभर मृत्‍यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ । त्यसैगरी ७ लाख ६१ हजार १५४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १४२ जना रहेका छन् । जसमध्ये १७ हजार ८१३ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३२९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३६८ जना आईसीयू र १२० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

प्रतिक्रिया