सत्ता गठबन्धन बैठक : अध्यादेश भोलि फिर्ता गरेर मन्त्रिपरिषद् विस्तार हुने

काठमाडाैं । राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गरेर मन्त्रिपरिषद् विस्तार गर्नेबारे सत्ता गठबन्धनमा सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्ने सहमति जुटाएको हो ।

राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्ने सहमति यसअघि नै भएको थियाे, तर कहिले फिर्ता गर्ने भन्ने निर्णय भएको थिएन । बैठकमा सहभागी नेताहरूले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ताको सहमति भएको एक नेताले जानकारी दिए ।

गत असार २९ गते शपथ लिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले चार सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए । शपथ लिएको झण्डै साढे ५ महिनामा परराष्ट्र मन्त्रालयमा मन्त्री नियुक्त गरिएको थियो । मन्त्रिपरिषद् विस्तार गर्न समेत नसकेको भन्दै प्रधानमन्त्री देउवाको आलोचना भइरहेको छ ।

प्रतिक्रिया