कांग्रेस १४औं महाधिवेशन : ६४ जिल्लामा पालिका तहको अधिवेशन आज

काठमाडौं । आशन्न १४औं महाधिवेशन अन्तरगत नेपाली कांग्रेसले आज ६४ जिल्लामा पालिका तहको अधिवेशन गर्दै छ । केन्द्रीय निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठका अनुसार डडेलधुरामा पनि अधिवेशन हुने छ । संस्थापन इतर समूहले बहुमतले अस्विकार गरेको डडेलधुराको वडा अधिवेशननै पुनः गराउन माग गरिरहेको छ ।

कार्यतालिका अनुसार ६४ जिल्लाको गाउँ र नगरपालिका अधिवेशन आज हुँदै छ । कुनै जिल्लाले पनि रोकियो भन्ने सूचना नभएकाे श्रेष्ठले बताउ  । अधिवेशन बिहान १० बजेबाट शुरू हुने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया