‘१० बुँदे सबै ठाउँमा कार्यान्वयन हुनेमा विश्वास छ’

फाइल् तस्विर

काठमाडौं । नेकपा एमालेका प्रचारविभाग प्रमुख योगेश भट्टराईले १० बुँदे सहमति सबै ठाउँमा कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरेका छन् । आजको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग उनले कतिपय ठाउँमा कार्यान्वयन नहुँदा पार्टीका काम अबरुद्ध भएको समेत सुनाए ।

‘मलाई विश्वास छ कि सबै ठाउँमा कार्यान्वयन हुनेछ । हुँदै पनि छ । तर, पार्टीमा लामो समयदेखि उत्पन्न जटिलताहरुलाई एकै छिनमा, एकै निमेशमा हल भइहाल्छन् भन्न सकिन्न,’ उनले भने, ‘कतिपय ठाउँमा सहजतका कार्यान्वन भएका छन् । केही ठाउँमा त्यसका केही जटिलता देखिएका छन् । त्यसले गर्दा कतिपय पार्टीका काम अबरुद्ध भएका छन् । पार्टीका काम अघि बढ्न सकेका छैनन् । महाधिवेशन मुखमा रहेको सन्दर्भमा प्रतिनिधित्वको प्रश्न पनि छ ।’

आजको बैठकमा केही नेताहरुले १० बुँदेबारे नेत्तृत्वको भावना बुझ्न खोजेको उनले जानकारी दिए । आजको बैठकमा उपाध्यक्ष भीम रावललगायत नेताहरुले १० बुँदे कार्यान्वयन हुनुपर्ने माग गरेको बताइएको छ । त्यसमा अध्यक्ष केपी शर्मा ओलीले नेतृत्त्व तहमा छलफल गर्ने, स्थायी कमिटीमा छलफल गरेर कार्यान्वयनमा सहजता बनाउने जवाफ दिएको उनले बताए ।

प्रतिक्रिया