ब्रिटिस कलेजले नमस्ते एकेडेमीको व्यवस्थापन थाल्यो

काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते एकेडेमी, रुपन्देहीको व्यवस्थापन थालेको छ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था ब्रिटिस कलेजले आधिकारिक रुपमा नमस्तेको व्यवस्थापन थालेको हो ।

टीबीसीको व्यवस्थापनमा आएसँगै नमस्ते एकेडेमीलाई पश्चिम नेपालको अग्रणी शैक्षिक संस्थामध्यको एक बनाउनको लागि केही प्रमुख परिवर्तनहरुको थालनी भएका छन् । विश्व स्तरिय शिक्षा प्रदान गर्नको लागि नमस्तेमा व्यवस्थापन सँगै अत्याधुनिक पूर्वाधारहरुमा पनि परिवर्तन थालिएको हो ।

लामो समयदेखि ब्रिटिस कलेजको सल्लाहकार समितिमा रहेका पाउल क्ल्भ्सिएमबीईलाई नमस्तेको विद्यालय व्यवस्थापन समितिको उपाध्यक्षको जिम्मेवारी दिइएको छ । शैक्षिक क्षेत्रमा निकै उपलब्धि हाँसिल गरेका क्ल्भिससँग बेलायतका प्रतिष्ठित विश्वविद्यालयहरुमा काम गरेको अनुभव रहेको छ । उनले काम गरेको शैक्षिक संस्थाहरुमा उत्कृष्ट मध्येको एक बेलायतकोइटन कलेज रहेको छ । साथै, उनका सर्वाधिक विक्री भएको पुस्तक विश्वका बिभिन्न विश्वविद्यालयहरुमा पढाइँदै आएको छ ।

त्यस्तै, विद्यालयको एक्जिक्युटिभ प्रिन्सिपलमा मार्क बार्थोलो मेउलाई नियुक्त गरिएको छ । शैक्षिक व्यवस्थापनमा दख्खल भएका बार्थोलोमउ बेलायती नागरिक हुन् । बेलायतमा धेरै शैक्षिक परियोजनाहरुको नेतृत्व गरेका उनीसँग ब्रिटिस काउन्सिल तथा विश्वको प्रतिष्ठित विश्वविद्यालय क्याम्ब्रिजमा काम गरेको ३० वर्षको अनुभव छ ।

प्रतिक्रिया