विश्व

अफगानिस्तानमाथिको प्रतिबन्ध हट्नुपर्छ : चीन

सौर्य अनलाइन २०७८ असोज ७ गते २१:४८ मा प्रकाशित

वेइजिङ । चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानमाथि लगाइएको एकतर्फी प्रतिबन्ध हटाउनुपर्ने बताएका छन् । बुधबार अफगानिस्तानको मुद्दाबारे चर्चाको लागि आयोजना गरिएको जी२० को भर्चुअल सम्मेलनको क्रममा यीले यस्तो बताएका हुन् । चीनको विदेशमन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै अफगानिस्तानमाथि लगाइएको प्रतिबन्ध हटाइनुपर्ने बताएको छ ।

विज्ञप्तिमा अफगानिस्तानको वैदेशिक मुद्रा सञ्चिति त्यहाँको राष्ट्रिय सम्पत्ति रहेको र त्यसमा अफगानिस्तानका आम नागरिकको अधिकार हुनुपर्ने उल्लेख गरिएको छ । यसको प्रयोग अफगानिस्तानमा राजनीतिक दबाब सिर्जना गर्नको लागि नभई त्यहाँका मानिसहरुको लागि हुनुपर्ने चीनको भनाइ छ । अगष्ट १५ मा तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै अमेरिका र अन्य केही मुलुकले अफगानिस्तानको एकाउन्ट्स फ्रिज गरेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय