खोजखबर

ढुंगाले आमाछोरीको ज्यान लियो

सौर्य अनलाइन २०७८ असोज ६ गते २०:०३ मा प्रकाशित

रोल्पा । जिल्लामा भिरबाट खसेको ढुंगा लाग्दा आमाछोरीको मृत्यु भएको छ । रोल्पा नगरपालिकाका–९ निवासी २७ वर्षीय संगीता पुन र उनकी दुई वर्षीय छोरी कृतिकाको भिरबाट पहिरोसहित खसेको ढुंगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ । घर नजिकै रहेको मकैबारीबाट बाँदर हेरेर घर फर्कने क्रममा ढुङ्गाले लागेको प्रहरीले बताएको छ । भिरदेखि चार सय मिटर तल खोल्साको पानीमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी निरीक्षकको टोलीले घटनास्थलबाट शवपरीक्षणका लागि जिल्ला अस्पताल लगेको प्रहरी निरीक्षक सन्तोष केसीले बताए । त्यसैगरी विवाह भोज खाएर फर्कने क्रममा रोल्पा नगरपालिका खुमेलका ४२ वर्षीय तीर्थलाल थापाको घर नजिकैको खरबारीमा लडिरहेको अवस्थामा फेला परेको र नीजको उपचारका क्रममा बुधबार मृत्यु भएको जिप्रका रोल्पाले जानकारी दिएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय