चर्चा बटुल्दै देविकाको ‘नयाँ गलबन्दी’

काठमाडौं । लोकदोहोरी गायिका देविका केसीको गीत ‘नयाँ गलबन्दी’ युट्युबमा सार्वजनिक भएसँगै चर्चा बटुल्दै गएको छ । शिव हमालले शब्द रचना र संगीत भरेको उक्त गीतमा गायिका केसीलाई गायक शनि विश्वकर्माले आवाजमा साथ दिएका छन् ।

केही दिनअघि सार्वजनिक गरिएको गीतलाई उनका धेरै दर्शक स्रोताले रुचाएका छन् । जागीरको सिलसिलामा क्यानडामा रहेकी गायिका केसीले हिन्दु महिलाहरुको महान पर्व हरितालीका तीज सकिएलगत्तै नेपाल लोक स्टारका विजेतासमेत रहेका गायक शनिसँग आवाज मिसाएर गीत ल्याएको बताइन् ।

उक्त गीतको भिडियोमा नेपाली चलचित्रका नायक पल शाह र नायिका बर्षा राउतले अभिनय गरेका छन् । सुनिल क्षेत्रीले निर्देशन गरेको भिडियोलाई दुर्गा पौडेलले छायांकन गरेका हुन् । अमृत चापागाईंले सम्पादन गरेको भिडियोलाई गीतकार शिव हमालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

उक्त गीत माया प्रेमका प्रसंगलाई केन्द्रीत बनाएर मौलितालाई पनि विशेष प्रथामिकता दिँदै बजारमा ल्याएको गायिका केसीले बताइन् । यसभन्दा अगाडि पनि उनकै आवाजमा धेरै चर्चित गीतहरु बजारमा आइसकेका छन् । खास गरी नेपाली गीत संगीतमा मौलिकता झल्किन पर्ने गायिका देविका बताउँछिन् ।

प्रतिक्रिया